काठमाडौ (नेस) । प्रधानसेनापति पूर्णचन्द्र थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार साताब्यापी भ्रमणकालागि त्यसतर्फ प्रस्थान गर्नुभयो ।
भारत भ्रमणको क्रममा प्रधानसेनापति थापालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
उहाँलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन बिदाई गर्नु भएको थियो । प्रधानसेनापतिको नियुक्ति पछि पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति थापालाई आज शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा साउथ वेष्टन कमाण्ड तथा मध्य कमाण्डको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति थापाको भारत भ्रमणको अवधिभर उहाँको अनुपस्थितीमा बलाधिकृत रथी कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमण दल माघ २ गते स्वदेश फिर्ता हुनुहुने भएको छ ।











प्रतिक्रिया