काठमाडौ (नेस) । संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिकका कमाण्डर फिलिप्स एस डेभिटसन दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो ।
भ्रमणको क्रममा उहाँले प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, प्रधानसेनापति लगायत उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग भेटवार्ता गर्नु भएको थियो भने काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण समेत गर्नु भएको थियो ।
उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।











प्रतिक्रिया