सलिम अन्सारी, प्युठान
विद्रोहको बाटो रोज्ने धम्की दिँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा मंगलबार दिउँसो जिल्लाको स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायमाथि कार्यकक्षमै आक्रमण भयो।
नेकपाका कार्यकर्ताले भष्ट्राचारलगायतको विभिन्न आरोप लगाउँदै प्रज्वलनशील पदार्थ मोबिल खन्याएको घटनाको विरोध गर्दै नगरप्रमुख रोकायले भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरे। भिंग्रीमा नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रोकाले भने– ‘मर्न परे पनि जनताको सेवा गर्न छाडिन्न।’ नेकपा ९विप्लव० ले लगाएको आरोप झुठा भएको जिकिर गर्दैै आफूमाथि लागेको आरोपको पुष्टि गर्न उनले चुनौती पनि दिएका छन्। ३९ वर्षदेखि सामाजिक सेवामा समर्पित रहेको बताउँदै नगरप्रमुख रोकायले भने– ‘मर्न परे हामी मर्न तयार छौं, तर जनताको सेवा गर्न छाडिने छैन।’
‘जनताले सबै जिम्मेवारी दिएर निर्वाचनमा सफल बनाएका छन्’, उनले भने– ‘मेरो इमानदारितालाई कहिले चुक्न दिँदैन। विप्लवले देखाएको गल्ती सत्य छैन। गल्ती प्रमाणित हुन्छ भने कारबाही भोग्न तयार छु।’ सामाजिक यात्रामा आफू कहिल्यै विचलित नहुने उनले बताए। घटनालगत्तै विप्लव नेतृत्वको नेकपाले ‘स्वर्गद्वारी नगरप्रमुखलाई कारबाही किनरु’ शीर्षक दिएर विज्ञप्ति निकालेको थियो। ६ बुँदे विज्ञप्तिमा भष्ट्राचार गरेको, जनतामाथि कर थोपरेको, उपोभोक्ता समितिमा पार्टी नेता कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते बिल भरपाई मिलाई रकम अनियमितता गरेको आरोप लगाइएको थियो।
कमिसनको भरमा प्राकृतिक स्रोतको दोहन गरिएको, कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाइए पनि आफू निकट उम्मेदवारलाई नियुक्ति दिएको विप्लव समूहको आरोप छ। नगरप्रमुख रोकायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएका थिए। स्थानीय तहको चुनावमा रोकाय तत्कालीन एमालेबाट नगरप्रमुखमा निर्वाचित भएका थिए। स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायमाथि भएको घटनाको सर्वत्र विरोध भएको छ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश पार्टी कार्यालयलगायत प्युठानबाट निर्वाचित प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल र कृष्णध्वज खड्काले विज्ञप्तिमार्फत आक्रमणको भत्र्सना गरे। उनीहरूले राजनीतिक पार्टीले राजनीतिक व्यवहार देखाउनुपर्ने भन्दै अराजक प्रवृत्ति सच्याउन आग्रहसमेत गरे। मेयरमाथि आक्रमण गर्ने समूहलाई पक्राउ गरी कारबाही गर्न उनीहरूको माग छ। योजनाबारे छलफल गरिरहेका बेला ३ जनाको समूहमा आएकाहरूले ‘सबै कब्जामा छौ, चुप लाग’ भन्दै कार्यकक्षमै पुगेर आफूमाथि मोबिल दल्ने प्रयास गरेको मेयर रोकाले बताए।











प्रतिक्रिया