लागूऔषधविरुद्ध प्रहरीको स्टेपिङ अपरेसन

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
लागूऔषध दुव्र्यसनीको संख्या बढ्दै गएपछि पर्वत प्रहरीले स्टेपिङ अपरेशन शुरू गरेको छ। पर्वतमा लागूऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि स्टेपिङ अपरेशन शुरू गरेको हो। अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ।

पर्वत प्रहरीले गएको साउन यता ९ वटा लागूऔषध मुद्दा दर्ता गरेको हो। पर्वतमा गएको आर्थिक वर्ष २०७४/७५ मा जम्मा २ वटा र २०७३/७४ मा एउटा मात्रै लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरेको थियो। तर साउन यता भदौ महिनामा एउटा, कात्तिक र मंसिरमा ३/३ वटा मुद्दा दर्ता गरेको छ भने पौषमा २ वटा मुद्दा दर्ता भइसकेका छन्। दुव्र्यसनी बढ्दै गए पनि प्रहरीले खासै ध्यान दिन नसकेको देखिएपछि स्क्यानिङ गर्दा समस्या जटिल भएको भेटिएको प्रहरीले जनाएको छ।

‘अघिल्ला वर्षका मुद्दा हेर्दा पर्वतमा लागूऔषधको खासै समस्या छैन जस्तो लागेको थियो’, प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले भन्नुभयो– ‘समुदायमा पुग्दा भित्रभित्रै भूसको आगोजस्तो फैलिएको भेटेपछि स्टेपिङ अपरेशन शुरू ग¥यौं।’ जनताबाट गुनासो आएपछि निगरानी बढाउँदा पक्राउ पर्न थालेपछि उनीहरूले खरिद गर्ने ठाउँ र सेवन गर्ने साथीदेखि छिमेकी बाग्लुङ र म्याग्दीसमेत पुगेर दुव्र्यसनीहरू पक्राउ गर्न प्रहरी सफल भएको उहाँको भनाइ छ।

पर्वतमा सानो परिणाममा लागूऔषध बाग्लुङबाट भिœयाउने गरेका छन् भने अलि ठूलो परिमाण पोखराबाट र सुनौलीसम्म समेत पुगेर खरिद हुँदै आएको प्रहरीले जनाएको छ। अभियानका क्रममा प्रहरीले गाँजा र चरेस सेवनकर्ताहरूलाई बढी पक्राउ गरेको छ भने नर्फिन, फेनेरागन र डाइजिपाम तथा ट्याब्लेटसमेत समातेको छ। लागूऔषधका प्रयोगकर्ता बढी मात्रामा कुस्मा, जलजला र मोदी गाउँपालिकाबाट पक्राउ परेका छन्। अन्य पालिकाबाट भने अहिलेसम्म एकजना पनि दुव्र्यसनी पक्रेको देखिँदैन। दुव्र्यसनमा फस्नेहरूमा बढी जनजातिका र दलित समुदायका युवायुवती रहेको प्रहरीले जनाएको छ।

युवा र विद्यार्थी दुव्र्यसनमा फस्न थालेपछि अपरेशन सँगसँगै प्रहरीले जनचेतना जगाउने अभियान पनि थालेको छ। पर्वतका सबै विद्यालयमा पुगेर लागूऔषधका विरुद्ध विद्यार्थीहरूमा सचेतना कक्षा सञ्चालन गरिएको र अभिभावकका बीचमा समेत सचेतना कक्षाहरू सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो। सेवनकर्तालाई पक्राउ गर्ने र जनचेतनासमेत सँगसँगै लगेपछि दुव्र्यसनमा कमी आउने विश्वास लिएको प्रनाउ तिवारीको भनाइ छ।