काठमाडौं (नेस)
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा प्रोफेसर डा। रामहरि सुवेदीले साइबर सुरक्षासम्बन्धी कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको छ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले साइबर सुरक्षा अभियान निकै नै महŒवपूर्ण र प्रहरी संगठनका लागि फलदायी भएको चर्चा गर्दै महŒवपूर्ण जानकारीका लागि प्रोफेसर डा। सुवेदीप्रति आभार व्यक्त गर्नुभयो। साइबर सुरक्षामा अन्य निकायभन्दा नेपाल प्रहरीको दायित्व अझै बढी भएकाले कार्यक्रमका विषयवस्तुबाट बढीभन्दा बढी फाइदा लिई व्यवहारमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
प्रस्तुतीकरणबाट धेरै कुरा बुझ्ने मौका पाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले साइबर सुरक्षासँग सम्बन्धित प्रहरी कर्मचारीहरूले उहाँसँग आवश्यक समन्वय गरी थप कुरा सिक्ने प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो।
साइबर सुरक्षासँग सम्बन्धित विषयवस्तु अति उपलब्धिमूलक रहेकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रोफेसर डा। सुवेदीबाट प्रहरी संगठनले समय पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रोफेसर डा। सुवेदीले देशव्यापी साइबर सुरक्षा अभियानमा नेपाल प्रहरीबाट प्राप्त प्रोत्साहन र सहयोगका लागि आभार व्यक्त गर्नुभयो। उहाँले साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिनुभयो।
जनस्तरमा यस अपराधबारेको वर्तमान अवस्था औंल्याउँदै उहाँले कसरी सावधानी अपनाउने सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो। साइबर अपराधप्रति सजग भई सहकार्य गरेर सचेतना फैलाउन सके साइबर अपराध न्यूनीकरण गर्न सकिनेमा उहाँले जोड दिनुभयो।











प्रतिक्रिया