काठमाडौ (नेस)
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा निर्मित पत्रकार पुस्तकालय तथा स्रोतकेन्द्रको आज एक कार्यक्रमका बीच एनआरएनएले महासंघलाई हस्तान्तरण गरेको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनआरएनएलाई धन्यवाद दिँदै पुस्तकालय निर्माणको मुख्य श्रेय पुस्तकालयको परिकल्पना तथा सुरुआत गर्नेलाई जाने बताउनुभयो। उहाँले पुस्तकालय पत्रकार तथा पत्रकारिताप्रति चाख राख्ने सबैलाई उपयुक्त हुने बताउनुभयो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले विश्वका ठूला ठूला पुस्तकालयलाई अनुशरण गर्दै महासंघमा पत्रकार पुस्तकालय तथा स्रोतकेन्द्रको निर्माण गरिएको बताउनुभयो साथै उहाँले आगामी दिनमा यसलाई डिजिटल पुस्तकालयका रूपमा स्तरउन्नति गरिने बताउनुभयो।
पे्रस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पढ्ने बानी छुटेकाहरूका लागि पुस्तकालय महŒवपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा एनआरएनएका प्रवक्ता भूषण घिमिरे तथा सल्लाहकार डा। हेमराज शर्माले पुस्तकालय पत्रकारका लागि पढ्ने र अनुसन्धान गर्न महŒवपूर्ण थलो हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल लाइब्रेरी फाउन्डेसनका उपाध्यक्ष मणिराम फुयाँलले पुस्तकालयलाई आगामी दिनमा समेत सहयोग गरिने बताउनुभयो। एनआरएनएले पुस्तकालयका लागि आवश्यक फर्निचर, कम्प्युटरलगायतका सामग्री हस्तान्तरण गरेको छ।











प्रतिक्रिया