मगर समुदायले टुँडिखेलमा ‘‘माघे सकराती” मनाउने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यसवर्ष मगर समुदायले भव्य रूपमा मनाउने भएका छन्। नेपाल मगर संघ केन्द्रीय समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गतेका दिन दुई दिन टुँडिखेलमा माघे सकराती भव्यरूपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ।

माघे सकराती मगर समुदायको नयाँ वर्षको सुरुआत पनि हो। यसै सन्दर्भमा ‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौं, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना, नेपाल मगर संघ प्रदेश नं ३ समितिको मुख्य व्यवस्थापन र काठमाडौं उपत्यकामा क्रियाशील संघसंस्थाहरूको सहआयोजनामा पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘माघे सकराती’ चाड मनाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

उक्त कार्यक्रममा शुभकामना आदानप्रदान तथा मौलिक सांस्कृतिक प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बताइएको छ। कार्यक्रममा मगरहरूको मौलिक सांस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरूको प्रर्दशनी गरिने बताइएको छ।
माघे सकराती चाड विशेष गरी चेलीकोे पर्वका रूपमा मनाइन्छ। नयाँ यामको सुरुआत यसै दिनदेखि उभौली शुरू भई साउने सकरातीमा समापन भई सोही दिनदेखि उभौली शुरू हुने प्रचलन छ। यस चाडमा चेलीहरूले मूलको पानी र जमरास्वरुप जौंको फूल लिएर घरको धुरीखाँबोमा पूजा गर्ने गरिन्छ। यस दिन छोरी चेलीलाई पूजा गर्ने गरिन्छ। चामलको सेतोटीका र जौं, पातीको फूल लगाई दक्षिणा अनि आशिर्वाद दिने चलन छ।

माघे सकरातीको दिन छोरी चेलीलाई मिस्रा ९उपहार० दिने गरिन्छ। घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरी चेलीलाई उनीहरूकै घर–घरमा पठाइदिने गरिन्छ। मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरू, भुजौरी, खिचडी, घिउको परिकार बनाइको परिकार हो। यस चाडमा मौलिकरूपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाण हान्ने आदि गरिन्छ। सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुआत गर्ने र मादल, बाजाहरू ९चर्को आवाज निकाल्ने बाजागाजा० बन्द गर्ने गरिन्छ। यसै दिनदेखि बेंसीबाट लेकतिर बसाइ सर्ने गरिन्छ। मगर समुदायमा यस चाडले सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महŒव राख्ने गर्दछ।

पर्व बिदा पुनरावलोकन गर्न माग
पत्रका सम्मेलनमा बोल्दै नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले सरकारले गरेको पर्व बिदा कटौती तत्काल पुनरावलोकन गर्न आग्रह गरेका छन्। सरकारले विभिन्न सांस्कृतिक पर्वहरूको बिदा कटौतीपश्चात नेपाल आदिवासी जनजाति महासंघलगायत आदिवासी सम्वद्ध संघसंस्थाहरूले आन्दोलन गरेपश्चात सरकारले बिदा कटौती पुनरावलोकन गर्न खोजेको कार्य स्वागतयोग्य भएको उनले बताए। अध्यक्ष रोकामगरले सरकारले यही माघ १ गतेदेखि नै लागू हुने गरी बिदा पुनरावलोकन गर्न आग्रह गरे।