काठमाडौं, (नेस)
जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई ८७ लाख नेपाली रुपियाँ बराबरको क्यान्सर निदान सम्बन्धी अत्याधुनिक मेडिकल उपकरण प्रदान गरेको छ।
अस्पतालमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूतकी धर्मपत्नी एरिको साइगोले ती सामग्रीको विवरणसहितको सम्झौतापत्र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा। सुदीप श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो।
ती उपकरणमा अल्ट्रासाउन्डसहितको पोर्टेबल इको कार्डियोग्राम ९ईसीजी० मेसिन, सानो आन्द्राको क्यान्सर पत्ता लगाउने ईआरसीपी मेसिन र फोक्सोको क्यान्सर पत्ता लगाउने ब्रोन्कोस्कोपी मेसिन रहेका छन्।
जापान सरकारले गत महिना नै ती मेडिकल उपकरण प्रदान गरेको र ती उपकरण जडान गरी त्यसबाट सेवासमेत शुरू गरिसकेको उल्लेख गर्दै अस्पतालका कार्यकारी अध्यक्ष डा। श्रेष्ठले औपचारिक हस्तान्तरण कार्यक्रम मात्रै बिहीबार आयोजना गरिएको बताउनुभयो।











प्रतिक्रिया