नेपाल समाचारपत्र, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल मडारिएको बताउनुभएको छ।
२९७औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा जारी गर्नुभएको सन्देशमा उहाँले नेपाल ‘चार वर्ण छत्तीस जातको फूलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया’ भन्ने दिव्योपदेशको मर्मअनुरूपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा समेत खतरा पुगेको उल्लेख गर्नुभएको हो।
‘एउटा नागरिकका निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन सक्दैन। नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रि«य एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनुहुँदैन भन्ने मेरो मान्यता रहेको छ।’ –शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।











प्रतिक्रिया