मनोज रेग्मी, काठमाडौं
सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ। यही पुस १९ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको हो।
नयाँ मर्यादाक्रमअनुसार प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ। प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरकाका मेयर, पूर्वसांसद, मुख्यसचिव र प्रधानसेनापति नवौं नम्बरमा छन्। अन्य महानगरका मेयर, प्रदेशका सहायकमन्त्रीलगायत दशौं नम्बरमा छन्। सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै कायम गरिएको छ। नगरपालिकाका प्रमुख १४औं र गाउँपालिकाका प्रमुख १५औं नम्बरमा हुँदा सरकारका उपसचिव, प्रमुख सेनानी १७औं नम्बरमा राखिएको छ।
यसैगरी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिमध्ये नौ विकास समिति संघअन्तर्गत रहने गरी कायम गरेको छ। यसमा कान्तिबाल अस्पताल विकास समिति ९गठन० आदेश, २०४० बमोजिम गठित कान्तिबाल अस्पताल, काठमाडौं, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति ९गठन० आदेश, २०४६ बमोजिम गठित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौं र शुक्रराज ट्रपिकल तथा सरुवा रोग विकास समिति ९गठन० आदेश, २०४९ बमोजिम गठित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संघमा रहेका छन्।
यसैगरी सिंहदरबार वैद्यखाना विकास समिति ९गठन० आदेश, २०५१ बमोजिम गठित सिंहदरबार वैद्यखाना काठमाडौं, कीटजन्य रोग अनुसन्धान तथा तालिम विकास समिति ९गठन० आदेश, २०५६ बमोजिम गठित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौं, मानसिक अस्पताल विकास समिति ९गठन० आदेश, २०५९ बमोजिम गठित मानसिक अस्पताल, ललितपुर र नरदेवी आयुर्वेद अस्पताल विकास समिति ९गठन० आदेश, २०५९ बमोजिम गठित नरदेवी आयुर्वेद अस्पताल छन्।
काठमाडौं र मानव अ· प्रत्यारोपण विकास समिति ९गठन० आदेश, २०६८ बमोजिम गठित शहीद धर्मभक्त मानव अ· प्रत्यारोपण केन्द्र भक्तपुर र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति ९गठन० आदेश, २०६९ बमोजिम गठित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, काठमाडौं पनि सघंअन्तर्गत कायम गरिएको मन्त्री बाँस्कोटाले बताउनुभयो।
यस्तै सरकारले नेपालगन्ज ९बाँके० रंगशाला परिसरभित्र रहेका २ कठ्ठा ७ धुर जग्गा प्राप्त गर्न राष्ट्रिय खेलकुद परिषद्लाई स्वीकृति दिनुका साथै ७ जना प्रमुख सेनानीलाई दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने र १३ जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ। साथै मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार ९आठौं संशोधन० नियमावली, २०७५ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिएको छ भने विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो।
यस्तै सरकारले नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ भने गाउँविकास समिति राष्ट्रिय महासंघ नेपालको संशोधन विधान, २०७४ र रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ लाई स्वीकृत गर्नाका साथै महेन्द्रनगर विकास समिति विघटन गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो।
यस्तै सरकारले झापा जिल्ला महारानी झाडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रको जग्गादर्तासम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिको अध्यक्षमा शिव सतासीधाम–३, धरमपुर, झापाका राधाकृष्ण खनाललाई र समितिको सदस्यमा हाल गौरादह नगरपालिका–५, झापाका मदनप्रसाद अधिकारीलाई तोक्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।











प्रतिक्रिया