हवाई इन्धनको मूल्य १० रुपैयाँ घट्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल आयल निगमले केही दिनअघि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएसंगै हवाई इन्धनको बिक्री मूल्य पनि घटाएको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो । अब हवाई मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ ।