नेपाल समाचारपत्र, काठमाडौँ ।
राजधानीको प्याफलमा रहेको कङ्केश्वरी मन्दिरको एक मूर्ति चोरी भएको छ ।
बिहीबार दिउँसो मन्दिरबाटै मूर्ति चोरी भएको जनसेवाका डीएसपी टेकुनन्द इवा लिम्बुले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
डीएसपी लिम्बुका अनुसार अहिले त्यहाँ रहेको सिसी टिभी हेर्न शुरु गरिएको छ ।
केहि समय अगाडि एक मूर्ति चोरी गर्ने पक्राउ परेका थिए तर हाल उनी छुटिसकेकाले उनलाई आशंका गरि उनलाई खोज्न थालिएको डीएसपी लिम्बुले जनाएका छन् ।
चोरी भएको मन्दिरको सानो मूर्ति हो ।











प्रतिक्रिया