सवारी दुर्घटनामा ६ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
काठमाडौं, मोरङ, मकवानपुर, सिन्धुली, चितवन र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका(१५ बाफलमा बा।२ ख ६३५१ नम्बरको बसले बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सप्तरी खडक नगरपालिका(४ पन्चेरा घर भई सोल्टीमोडस्थित श्री कन्ट्रक्सनमा काम गर्ने ३५ वर्षीय दिपेन्द्र चौधरीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ बेलबारी नगरपालिका(१० स्थित पूर्वपश्चिम राजमार्गमा को १ ख २९८८ नम्बरको बसले बुधबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका भोजपुर टक्सार(१२ बस्ने पैदलयात्री ७२ वर्षीय खडान्नद पराजुलीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका(११ स्थित सडकमा ना।३३ प ६३३८ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चालक ४३ वर्षीय मनोहर ढकालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सिन्धुली कमलामाई नगरपालिका(१ वाईबाटारस्थित सडकमा ज।२ त ३६७ नम्बरको ट्याक्टर बुधबार साँझ अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार मरिण गाउँपालिका(५ बस्ने २४ वर्षीय सोइसाङ्ग लामा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

चितवन भरतपुर महानगरपालिका(१२ बसन्तचोकस्थित पूर्व पश्चिमलोकमार्गमा ना।२ ह १७५६ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी अटोमा सवार गोर्खा तान्द्राङ गाउँपालिका(४ बस्ने ३३ वर्षीय होममाया थापा लामिछानेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा र ५ वर्षीय सुसान्त लामीछानेको काठमाडौं ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अटो सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँची छत्रदेब गाउँपालिका(८ सानो चेक्मीमा लु।१४ प ८२१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोबाट करिब २ सय मिटर तल खस्न गई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक प्युठान माण्डबि गाउँपालिका(२ बस्ने २० वर्षीय भरत पौडेललाई जिल्ला अस्पताल गुल्मी हुँदै थप उपचारको लागि मेडिकले कलेज पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।