ग्यास सिलिण्डर पड्किएर दमक- २ डाकिनीमा आगलागी

0
Shares

झापा । दमक– २ स्थित डाकिनीमा रहेको हरिप्रसाद निरौलाको घरमा बिहीबार बिहान आगलागी भएको छ । बिहान पौने छ बजे भएको आगलागीबाट घर सहितघरमा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।

आगोबाट घरसँगै रहेको गोठ समेत जलेको छ । गोठमा रहेका गाई र बाख्रा समेत डढेका छन् । दमक नगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहायतामा एक घण्टा पछि आगो नियन्त्रणमा आएको  बताइएको छ ।

कोशी ग्यासको सिलिण्डर पड्किएर आगो लागेको हरिप्रसाद निरौलाले बताउनु भयो । आगलागीबाट दुईवटा बाख्रा, एउटा बाच्छी, एउटा गाई र करिव ३५ मन धान र घरमा रहेका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट छिमेकी दिनेश गुरागाईको घरमा समेत क्षति पुगको  छ ।