सानिमा लाईफ इन्स्योरेन्सको तीन वटा शाखा

0
Shares

काठमाडौं (नेस)
सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौं उपत्यकाका तीन स्थानमा नयाँ शाखा विस्तार गरेको छ।

ललितपुरको ग्वार्को, काठमाडौंको गोंगबु तथा किर्तिपुरमा नयाँ शाखा विस्तार गरेको कम्पनीले जनाएको छ। तीनै स्थानको शाखा उद्घाटनका क्रममा कम्पनीका सद्भावना दूत जीतु नेपाल, कम्पनीका महाप्रबन्धक शिबराम तिमल्सिना, कम्पनीका नायब महाप्रबन्धक केशबराज केसी लगायतका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।