टाटाको एनआरजी बजारमा

0
Shares

काठमाडौं(नेस)
टाटाको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले कम्प्याक्ट युटिलिटी भेहिकल अन्तर्गत एनआरजी नेपाली बजारमा ल्याउ“दैछ। एनआरजी पेट्रोल भेरियन्टमा ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार पेट्रोल इन्जिनयुक्त एनआरजी १२ सय सिसीको हुने छ। पा“च गियर सम्मको म्यानुअल ट्रान्समिसनयुक्त एइनआरजीले भेरियन्ट अनुसार प्रति लिटर २४ किलोमिटर माइलेज दिन सक्ने टाटाको दावी छ।
पा“च सिट भएको गाडीको लम्बाई ३७ सय ९३ मिलिमीटर रहेको छ भने चौडाइ १६ सय ६५ मिलिमिटर छ। गाडीको व्हिलबेस २४ सय मिलिमिटर रहेको कम्पनीले जनाएको छ।

 

३५ लिटर फ्युल ट्याङ्कयुक्त गाडीमा ३५ सय आरपिएम ‘रिभोलुसन परमिनेट’ मा एक सय १४ न्युटन मिटर ट्रक क्षमता रहेको छ। गाडीको कार्गो भोलुम दुई सय ४२ लिटर रहेको छ। कम्पनीका अनुसार गाडीमा तीन वटा सिलिण्डर जडान गरिएको छ। छ हजार आरपिएममा ८४ ब्रेक हर्सपावर रहेको गाडीको कर्ववेट एक हजार १७ किलोग्राम रहेको छ।

गाडीमा मल्टीफङसन स्टेरिङ व्हिल, टच स्क्रिन, अगाडि भागमा फग लाइट ,पावर विन्डो, चालक र यात्रुको सुरक्षाका लागि एयरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, एयर कन्डिसन लगायतका सुविधा जडान गरिएको छ।
एनआरजीले नेपालमा गुड्दै आएका इकोस्पोर्ट, फ्रिस्टाइल, डस्टर लगायतका गाडीस“ग प्रतिस्पर्धा गर्नेछ। कम्पनी स्रोतका अनुसार गाडीको नेपाली बजार मूल्य३० लाखभन्दा कम रहेको छ।