बङ्गलादेश बैंक र संजिवनी हस्पिटल बीच सम्झौता

0
Shares

काठमाडौं(नेस)
अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने विषयमा नेपाल बङ्गलादेश बैंक लि. संजिवनी हस्पिटल एण्ड आई. भि. एफ. सेन्टर प्रा. लि सम्झौता भएको छ ।

सम्झौता अनुसार संजिवनी हस्पिटलले नेपाल बङ्गलादेश बैंक लि.द्वारा जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लि.विराटनगर शाखाका का शाखा प्रबन्धक बालकृष्ण श्रेष्ठ र संजिवनी अस्पतालका प्रशासन विभागबाट अञ्जनी पोखरेलले हस्ताक्षर गर्नुभयो ।

सो सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।