चुक्ता पुँजीको ८ दशमलब ५० प्रतिशत रकम लाभांश दिने

0
Shares

काठमाडौं(नेस)
जनता बैंक नेपाल लिमिटेडले आफ्ना शेयर धनीहरुलाई ६८ करोड ६६ हजार ८ सय तीन र पच्चीस पैसाको मात्र नगद लाभांश वितरण गर्ने भएको छ ।
२०७५ मंसिर २४ गते सोमवार बसेको सञ्चालक समितिको २ सय ६७ औं बैठकले सो प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले प्राप्त गरेको मुनाफा १ अर्ब २७ लाख ७९ हजार ५ सय ५१ रुपैया“ मध्ये वितरण योग्य मुनाफा ६८ करोड ६० लाख ६२ हजार ८ सय तीन मात्र रहेको छ ।

सो रकम मध्ये असार मसान्तमा कायम रहेको बैंकको चुक्तापुँजी ८ अरब ७८ करोड ५९ लाख २५ रुपैयाँको ८ दशमलब ५० प्रतिशतले हुन आउने रकम मात्र नगद लाभाशं वितरण गर्ने बैठकले प्रस्ताव गरेको थियो ।
बैंकले प्रस्ताव गरेको नगद लाभा“श रकम नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।