होटल व्यावसायी जीडीको निधन

0
Shares

काठमाडौ.,नेस
होटल व्यावसायी गोविन्ददास श्रेष्ठ (जिडी)को बुधबार निधन भएको छ ।
पाँच तारे होटल राडिसनका अध्यक्ष ८७ वर्षीय श्रेष्ठको मुम्बईस्थित लिलावती अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

पाँच महिना अघिदेखि श्वासप्रश्वासमा समस्या आएपछि श्रेष्ठ भारतस्थित अस्पतालमा उपचारत थिए। नेपालमा अन्तर्राष्ट्रिय चेन होटल र्या्डिसन समेत उहाँकै पहलमा भएको थियो ।

हिमालयन ट्राभल एण्ड टुर्स संञ्चालनमा आयो तर पछि गत वर्ष निधन भएका जीडीका भान्जा विके श्रेष्ठले संञ्चालनको जिम्मा लिनु भयो ।

जिडीले तत्कालीन माओवादीको जनयुद्धको वेला जिडी र बिके मिलेर र्या्डिसन होटल संञ्चालनमा ल्याउनु भएको थियो । होटल संघ नेपालले स्व. श्रेष्ठले पर्यटन क्षेत्रमा पु¥याउनु भएको अतुलनिय योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । स्व. श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । उहाँ होटल संघ नेपालका सक्रिय सदस्य रहनु भएको थियो ।