प्युठान –पञ्जाब सिधा बस सेवा सुरु

0
Shares

नेपाल समाचारपत्र, प्युठान
प्युठान –पञ्जाब सिधा बस सेवा औपचारिक रुपमा सुरु भएको छ। ४० सिटे ना ५ख ६६०२ नम्बरको डिलक्स बसले पहिलोपटक प्युठानबाट यात्रु लिएर पञ्जाब प्रस्थान गरेपछि सेवाको औपचारिक सुरुवात भएको हो ।

स्वर्गद्धारी सार्वजनिक यातायात समितिका महासचिव चन्द्रमान श्रेष्ठले बस सेवाको शुभारम्भ गर्नुभयो । सो अवसरमा महासचिव श्रेष्ठले बस सेवाले पंजाव आउजाउ गर्ने यात्रुहरुलाई सहज हुने बताउनुभयो । उहा“ले भन्नुभयो ‘प्युठानबाट भारतको पंजाव, पंजावबाट प्युठान आउने यात्रीलाई बस सेवा सहयोगी हुन्छ। भरपर्दो सेवासुविधा दिन सके मात्र यात्रुको मन जित्न सकिन्छ । ’
स्वर्गद्धारी यातायात समितिले मल्लरानी गाउँपालिकाको चुजाँठाटी बजारदेखि पञ्जाब हप्ताको एकदिन एउटा बस चलाउने भएको छ। हरेक हप्ताको बुधवार छुटने गरी अम्बला,लुधियाना,जलन्धर,चन्डिगड सम्म पुग्नका लागि बस सेवा शुरु गरिएको हो । अर्घाखाँचीको सिमानाका स्थानीय र चुजा“ठाटी क्षेत्रका स्थानीयहरु पन्जावमा धेरै रहेकोले बस सेवा सञ्चालन गरिएको स्वर्गद्धारी बस व्यवसायी समितिका महासचिव श्रेष्ठले जानकारी दिनुभयो । उहा“ले भन्नुभयो यस क्षेत्रका यात्रुको माग वढेकाले मागको सम्बोधन गर्न बस सेवा सञ्चालन गरेका हौं ।’

पञ्जाबबाट हप्ताको शुक्रबार बस चुुजा“ठाटीका लागि चल्ने महासचिव श्रेष्ठले बताउनुभयो ।‘खुला सीमाको सदुपयोग गर्दै दुवै देशका हजारौं नागरिक दैनिक आवागमन गर्छन् । सीधा बस सेवाले उनीहरुलाई सुविधा हुन्छ । ’चुजा“ठाटीदेखि पञ्जाब सम्मको भाडादर दुई हजार ८ सय ८० रुपि“या रहेको उहा“ले जानकारी दिनुभयो ।

समितिले दुई बर्ष देखि प्युठान–दिल्ली सिधा बस सेवा संचालन गरिरहेको छ ।महिनाको सोमबार र बिहिबार दिल्लीका लागि प्युठानबाट बस छुट्ने समितिले जनाएको छ । समितिका अनुसार यस अघि महिनामा एउटा बस प्युठानबाट राजस्थानका लागि चल्दै आएको छ।