नेपाल–जापानबीच अब सिधै हवाई उडान

0
Shares

टीका बन्धन, काठमाडौं
नेपाल–जापानबीच सिधा हवाई उडानसहित विविध सम्झौता भएको छ । द्धिपक्षिय परामर्श संयन्त्र र नेपाली कामदार जापान लाने ‘मोडालिटी’ तय गर्न दुवै मुलुक सहमत भएका छन् ।

सन् १९९३ मा भएको हवाई सम्झौता पुनरावलोकन गर्नेबारे दुवै मुलुकबीच बुधवार सम्झौता भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो संलग्न द्धिपक्षिय भेटवार्तामा पुरानो हवाई सेवा पुनरावलोकन गर्दै जतिसक्दो छिटो सिधा हवाई सेवा शुरु गर्र्ने सहमति भएको हो । सिधा हवाई सुचारु गर्न गत असार ४ गते दुवै मुलुकवीच सम्झौता भए पनि सो सम्झौतालाई अहिले कुटनीतिक तवरमा औपचारिकता दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

आगामी महिनादेखि हवाई सेवा आरम्भ गर्न जापान सकारात्मक रहेको बताउँदै छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने–‘संभवतः फेब्रुअरीदेखि नै हवाई सेवा शुरु हुन्छ ।’
यससँगै बुधवार परराष्ट्र सचिवस्तरिय द्धिपक्षिय परामर्श संयन्त्र स्थापना भएको छ । जापानी सहयोगमा नेपालमा निर्माण हुने, निर्माणाधिन परियोजनाको अनुगमन र सहजीकरण गर्न संयन्त्रले सघाउ पु¥याउने बताइएको छ ।

 

-द्धिपक्षिय परामर्श संयन्त्र तय
-नेपाली कामदार लाने ‘मोडालिटी’ छिट्टै

 

द्धिपक्षिय सम्बन्धका सबै पक्षको समिक्षा गर्न र सहयोगका नयाँ क्षेत्र पहिचान गर्दै साझा चासोका क्षेत्रिय एवं अन्तर्राष्ट्रिय विषयमा विचार आदान–प्रदान गर्न संयन्त्रको भूमिका महत्वर्पूण हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । ‘हवाई, पूर्वाधार, कनेक्टीभिटी, उर्जा र नेपालको प्राथमिकताका क्षेत्रमा जापानी लगानी बढाउनेबारे छलफल गरेका छौ, बैठकबारे जानकारी दिदै उहाँले भन्नुभयो–‘आगामी मार्चमा हुने लगानी सम्मेलनमा जापानी लगानीकर्ता र उद्यमीको सहभागिताबारे छलफल हुनेछ ।’

सो बैठकपछि बोल्दै जापानी विदेशमन्त्री कोनोले परराष्ट्रमन्त्री स्तरमा महत्वर्पूण छलफल र सम्झौता भएको जानकारी दिनुभयो । ‘विदेशमन्त्री स्तरमा हवाई उडान सहित धेरै महत्वर्पूण छलफल भएका छन्, प्रत्यक्ष उडान चाँडो भन्दा चाँडो सुचारु होस्’–उहाँले भन्नुभयो ।

नेपाली कामदार जापान पठाउने मोडालिटी छिटै तय गर्न दुवै मुलुक सहमत भएका छन् । जापानले नेपालीसहित अन्य विदेशी कामदार भित्र्¥याउन गत पुस १० गते नयाँ नियमावली पास गरेको थियो ।

सोहीअनुसार जापानी विदेशमन्त्री कानो नेतृत्वको टोली कामदार लाने विस्तृत प्रक्रियाको छलफलमा जुट्न नेपाल आएको हो । जापानले नेपालसहित चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लाने निर्णय गरेको छ । द्धिपक्षिय छलफलमा परराष्ट्र, शिक्षा, श्रम, भौतिक, उद्योग, सञ्चार मन्त्रालयका सचिवसहित राष्ट्रिय पून निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवाली लगायतका अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।