गणेश घिमिरे, इलाम
डा. गोविन्द केसीले बुधबार संसद्को शिक्षा समितिबाट आपूmसँग भएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा १६औँ सत्याग्रह इलामबाट शुरु गर्नुभएको छ । केसीले इलामनगरपालिका–७ मा रहेको इन्दुमाया लिम्बूको घरमा बुधबार साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्नुभएको हो ।
जनताको पक्षमा आफ्नो लडाइँ जारी रहने केसीले बताउनुभएको छ । सत्याग्रह सुरु गर्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डका कारण सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको आरोप लगाउनुभयो । डा. केसीसँगको सम्झौतामा काठमाडौं उपत्यकाबाहिरका मेडिकल कलेजको हकमा चिकित्सा शिक्षा आयोगले बनाएको नीतिबमोजिम हुने व्यवस्था थियो ।
एउटा विश्वविद्यालयले पाँचभन्दा बढी सम्बन्धन दिन नपाइने केसीसँगको सम्झौताविपरीत समितिले पारित गरेको विधेयकमा आशय पत्र लिइसकेका काठमाडौं बाहिरका मेडिकल कलेजले सम्बन्धन पाउने उल्लेख छ । सोह«ौं सत्याग्रह थालेका डाक्टर केसीले अबको आफ्नो लडाइँ विगतमा गरेका सम्झौताको पूर्ण रुपमा कार्यान्न्वयन गराउने मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालविरुद्ध हुने बताउनुभयो ।
‘जनताका हितमा हुने ऐन बनाउन जिताएर पठाएकाले ओली र प्रचण्डको निर्देशनमा कालो धन सेतो बनाउने माफियाको हित अनुकूल गरी विधेयक पारीत गरे’, केसीले आक्रोश पोख्नुभयो– ‘जुनसुकै हालतमा बिद्यार्थीमुखी र जनतामुखी स्वास्थ्य शिक्षा ल्याएरै छाड्नेछु ।’
ओली र प्रचण्डको निर्देशनमा माफियाको हित अनुकूल विधेयक पारित गरेको आरोप
सत्याग्रह बस्नका लागि यहाँका बिभिन्न ठाउँ हेरे पनि उपयुक्त कहीं नभएकाले खाली भवनमा बसेको केसीले बताउनुभयो । केसीले गत साउन १० गते सरकारसँग भएका सम्झौता तत्काल सशसोधन गरेर चिकित्सा शिक्षा बिधेयक संसद्बाट पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्नुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनका साथै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउनुपर्ने माग छ ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्नुपर्ने, सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषि पदाधिकारी माथि कार्वाही गर्नुपर्ने माग केसीको रहेको छ । यस्तै सोह«ौं सत्याग्रहबाटै डा. केसीले द्वन्द्वकालमा जघन्य अपराधका दोषिलाई अन्तराष्ट्रिय कानुन अनुसार दणित गर्नुपर्ने, द्वन्द्वपीडितको माग सुनुवाई गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पु¥याउनु पर्ने माग पनि थप्नुभएको छ ।
बुधबार मात्र मात्रै शिक्षा तथा स्वास्थ्य समितिले चार जना काङ्ग्रेस पक्षधर संसद्को फरक मत हुँदाहुँदै बहुमतबाट विधेयक पारित गरेको थियो । पुस १७ बाटै सत्याग्रह थाल्ने जनाउनुभएका केसीले समितिबाट माग पूरा गर्ने गरी समय मागेपछि एक हप्ताको समय दिनुभएको थियो । तर दिएको समयमा सम्झौताविपरीत विधेयक पारित भएपछि आफू सत्याग्रहमा बस्न बाध्य भएको उनले बताए । केसी यसअघि १५औं अनशन २७ दिनसम्म जुम्लामा बस्नुभएको थियो ।











प्रतिक्रिया