नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा आफैंले सल्काएको आगोबाट एक महिलाको मृत्यु भएको छ । खरबारीमा डढेलो लगाउन क्रममा आगो सल्काउँदा एक महिलाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लमजुङको मस्र्याङ्दी गाउँपालिका– ५ सञ्जापु गाउँकी ५७ वर्षीया मैती गुरुङ भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डढेलोको आगोबाट घाइते भएकी उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसरी पोखरा रिफर गरिएको थियो । उपचारको क्रममा पोखरामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो ।
घर नजिकैको खरबारीमा डढेलो लगाएपछि राम्रो घाँस पलाउँछ भन्ने मान्यता अनुसार साँझपख आफैंले डढेलो लगाउन आगो बालेको र त्यही आगो सल्केर आलैंची बारीमा आएपछि नियन्त्रण गर्ने क्रममा शरीर पोलिएको सो वडाका अध्यक्ष लेखमान गुरुङले बताउनु भयो । मणिपाल अस्पतालमा उपचारको क्रममा मैती गुरुङको मृत्यु भएको मृतककी बुहारी सुनिता गुरुङले जानकारी दिएको प्रहरी भनाई छ ।











प्रतिक्रिया