विमल विष्ट, डोटी ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय दिपायलले केही दिन यता देखी यहाँका सवारी साधन छड्के चेकजाँच अभियान थालेका छन् । सो चेकजाच अभियान लाई कडाई गरिएको छ । यहाँका सवारी साधन दुरूस्त अवस्थमा राख्न तथा चोरीका मोटर साईकल भित्रिन नदिन ब्यापक रूपमा कडाईका साथ चेकजाच अभियान थालिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय डोटीका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी तथा ईलाका प्रहरी दिपायलको संयुक्त प्रहरी टोलीले यहाँका विभिन्न ठाउका नाँकामा छड्के चेकिङ गर्न थालेका छन् । छड्के चेकिङ् गर्ने क्रममा दैनिक करिब एक दर्जन बढी सवारी साधन कारवाहीमा पर्ने तथा ४ हजार देखि ५ हजार सम्म राजस्व संकलन हुने गरेको छ । ट्राफिक प्रहरीले छड्के चेकिङमा गाडीका बत्तिहरू लगायत अन्य चिज दुरूस्त अवस्थामा भए नभएका बारे हेर्ने तथा गाडीका कागजात ठिक अवस्थामा भए नभएका बारे पनि हेर्ने भएकाले अहिले यहाँका सवारी धनीले धमाधम रूपमा आ आफना सवारी साधन दुरूस्त अवस्थामा राख्न थालेको दिपायलका स्थानिय अम्मर देउबाले बताउनुभयो ।
उहाँले भन्नुभयो “पहिला खासै चेकिङ हुदैन थियो त्यसैले गाडीमालीकले पनि गाडीको अबस्थाको खासै ख्याल गर्दैन थे,अब कडाई हुन थालेपछि दुरmस्त अबस्थका बनाउन थालेका छन् ।”
बिगतको समयमा निकै ठुला तथा ठाउ ठाउमा दुर्घट्ना हुने भएपनि अहिले ट्रफिक प्रहरीले छड्के चेकिङ्ग गर्न थालेपछि यहाँको सवारी दुर्घट्ना पनि कम भएको छ । ट्रफिक प्रहरी प्रमुख धामीले आफुहरूको काम राजश्व संकलन गर्नु मात्रै नभई यहाँका सवारी साधन दुरुस्त तथा ठिक अबस्थामा राख्न लगाउनु र दुर्घट्ना हुन नदिनु भएकाले आफुहरmले कडाईका साथ यो अभियान थालेको बताउनु भयो । उहाँले थप भन्नुभयो “हाम्रो यो अभियानले समग्र सुदूरपश्चिमको सवारी दुर्घट्ना रोकीने छ ।” ट्रफिक प्रहरीले गरेको छड्के चेक जाँचले यहाँको सवारी दुर्घना कम भएको भन्दै स्थानियबासी खुसि भएका छन् । उनिहरुले यो अभियानलाई निरन्तरता दिन समेत आग्रह गरेका छन् ।











प्रतिक्रिया