अवैध लागूऔषधसहित ५ जना पक्राउ

0
Shares

काठमाडौं ।
बाँके र सर्लाहीबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके कोहलपुर नगरपालिका(९ स्थितबाट अवैध लागूऔषध चरेश करिब ३० केजी सहित सल्यान कुपिण्डेदह नगरपालिका ८ बस्ने ५२ वर्षीय कालिमान बुढा, सुर्खेत गुर्बाकोट नगरपालिका(१ बस्ने ३८ वर्षीय बुद्दबहादुर रजाली र रुकुम पश्चिम मुसिकोट नगरपालिका ६ बस्ने ५० वर्षीय बलबहादुर बुढालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ५ नम्बर प्रदेश अनुसन्धान ब्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध कोहलपुरबाट नेपालगंजतर्फ लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

सर्लाही कौडेना गाउँपालिका(१ लक्ष्मीपुरस्थित भारत बिहार प्रदेश सितामढी जिल्ला बसबिटा ग्राम पञ्चायत‍(११ बसबिटा टोल बस्ने १९ वर्षीय पुष्कर मिश्र र ३६ वर्षीय कन्हाई मिश्रलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ५५ ए ७९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।