भरुवा बन्दुकसहित ३ जना पक्राउ

0
Shares

काठमाडौं ।
काठमाडौं र कास्कीबाट भरुवा बन्दुक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कागेश्वरी मनहरा नगरपालिका(६ मुलपानीस्थित काठमाडौं महानगरपालिका(३१ भिमसेन गोला घर भएका ४७ वर्षीय नविन विक्रम शाही र ३८ वर्षीय विजय विक्रम शाहीलाई १२ बोरको २ नाले भरुवा बन्दुक १ थान सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की अन्नपृर्ण गाउँपालिका(१० किलु बस्ने ५६ वर्षीया पुर्णकुमारी सार्कीलाई भरुवा बन्दुक १ थान सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।