बलिउड हस्ती तथा अभिनेता ऋतिक रोशनका पिता राकेश रोशन घाँटीको क्यान्सरसँग जुधिरहेका छन्।
ऋतिक आफैले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै यो खबर सार्वजनिक गरेका हुन्। उनका अनुसार राकेशको घा“टीमा क्यान्सर निर्मूल गर्न छिट्टै सर्जरी गरिँदै छ। उनले लेखेका छन्– ‘आज हामी दुवै सधैंजस्तो जिममा एकसाथ छैनौं। आज सर्जरीको दिन म उहा“लाई निकै मिस गरिरहेको छु ।’ उनले अगाडि लेखेका छन्– ‘मेरो पिता एक योद्धा हुन्, जो कहिल्यै पनि हार मान्दैनन्। तपाईं छिट्टै यो लडार्इ जित्नुहुनेछ।’ समाचारमा जनाइएअनुसार केही हप्ता अघिदेखि क्यान्सरसँग जुध्दै आइरहेका राकेशको क्यान्सर शुरुआती अवास्थामै रहेको छ।ँँँ











प्रतिक्रिया