हङकङमा खोटाङ हलेसी साँझ हुने

0
Shares

खोटाङ, (नेस)।
हङकङलाई कर्मभूमि बनाएर जन्मभूमि खोटाङको हितमा सक्रिय खोटाङ समाज हङकङले अक्षयकोष स्थापनाका लागि हङकङमा बृहत् सांगीतिक कार्यक्रम गर्ने भएको छ।

समाजले यो वर्ष हङकङमा बसोबास गरिरहेका जिल्लाबासीका लागि अक्षयकोष स्थापना गर्न खोटाङ हलेसी साँझ–४ आयोजना गर्ने भएको हो। हङकङमा भएका खोटाङेहरूको दुःखको साथी बनाउने गरी सांगीतिक कार्यक्रममार्फत संकलित तथा कोषमा अग्रिमरूपमा जम्मा भएको रकम थपेर अक्षयकोष स्थापना गर्ने योजना बनाइएको समाजका अध्यक्ष टीका कोयु राई (जेठा) ले जानकारी गराए। अक्षयकोष स्थापनका लागि हङकङकै चर्चित हल याउमा तेईमा १७ मार्च २०१९ मा सांगीतिक कार्यक्रमको तय गरिएको अध्यक्ष राईले बताए।

समाजको १०औं हाइकिङको अवसरमा आयोजना गरिएको जानकारी सभामा बोल्दै उनले नेपालका चर्चित कलाकारहरू हङकङको स्टेजमा उतार्ने तयारी गरिएको बताए। खोटाङ हलेसी सा“झको यो शृंखलामा एकपछि अर्को गायक तथा संगीतकार राजनराज शिवाकोटी, संगीतकार महेश खडका, गायक सागर संसार राईलगायतको प्रस्तुति रहने जनाइएको छ। यस्तै, गायिका मीना राई, गायक तथा संगीतकार पदम थुलुङ राई, रोशन राई, हास्यकलाकार सिक्किमे गफाडी दिलिप गुरुङ र हङकङको चर्चित डान्स गु्रपको नृत्य रहने जानकारी गराइएको छ। कार्यक्रम मिसेस हङकङ पबिता पुमा राई र सञ्चारकर्मी रामधन बेदनाले सञ्चालन गर्नेछन्।