रमेश र नीताले चुमे अमेरिकामा अवार्ड, प्रदीपलाई स्टार अफ द इयर अवार्ड

0
Shares

अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती सम्पन्न तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ मा सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुइँमान्छेबाट रमेश बुढाथोकी र अभिनेत्रीको अवार्ड पञ्चायतबाट नीता ढुंगानाले चुमेका छन्। स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले चुमेका छन्।

ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले संयुक्तरूपमा आयोजना गरेको समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को व्यावसायिक फिल्म छक्का पञ्जा २ ले चुमेको छ भने यसैकी निर्देशक दीपाश्री निरौलाले निर्देशकको अवार्ड जितिन्। सह–अभिनेताको अवार्ड पनि छक्का पञ्जा २ बाटै जितु नेपालले प्राप्त गरेका छन् भने हास्य अभिनेताको अवार्ड पनि छक्का पञ्जा

२ बाटै केदार घिमिरेले जिते। अमेरिकाबाट सुरेश दर्पण पोखरेलले जनाएअनुसार छायांकारको अवार्डसमेत छक्का पञ्जा २ बाटै पुरुषोत्तम प्रधानले पाएका छन्।
समारोहमा सह–अभिनेत्रीको अवार्ड कृबाट रूपा रानाले चुमिन्। संगीततर्फको अवार्ड ऐश्वर्यको तिमी रोएको पलले जितेको छ भने यो गीतबाट अर्जुन पोखरेलले संगीतकारको अवार्ड र सुगम पोखरेलले पाश्र्वगायकको अवार्ड प्राप्त गरे।

गायिकाको अवार्ड पर्वको काले दाइबाट मीना निरौलाले पाइन्। हलिउडका निर्देशक तथा कलाकार एभ क्रुजको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड समारोहमा यसपटक ३५औं संस्करणको अभियानश्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहोरा, सुरेश दर्पण पोेखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो।

दिवंगत दुई स्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको गजेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहोरा र रामकेशर बोगटी स्मृति सम्मान २०१८ बाट अभिनेता विक्रान्त बस्नेतलाई सम्मनित गरियो। समारोहमा ग्लोबल नेपाली फिल्म स्पेसल अवार्डबाट अभिनेता गणेश उप्रेती, निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र वितरक/निर्माता मुकुन्द ढुंगानालाई सम्मानित गरियो। ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड निर्देशकतर्फ श्याम भट्टरार्ई, अभिनेतातर्फ सुशील क्षेत्री र अभिनेत्रीतर्फ सारंगा श्रेष्ठ, निर्मातातर्फ प्रेम पौडेल र वितरणतर्फ रायन रेजलाई प्रदान गरियो। नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट केदार उप्रेती, हरि उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेश अवार्ड जसवन्तदेव श्रेष्ठ ९अमेरिका०, ईश्वरराज थापा ९क्यानडा०, विक्रम जोशी (यूके), स्मृति पोखरेल (अस्ट्रेलिया) र सुनिल रावल (नेपाल) लाई प्रदान गरियो।