जर्मनीमा वरिष्ठ राजनीतिज्ञ माथि साँघातिक हमला


वर्लिन,(एजेन्सी)
जर्मनीको अति दक्षिणपन्थि राजनीतज्ञ फ्रान्क म्याग्नित्जलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको छ । प्रहरीले उनी माथि राजनीतिक पुर्वाग्रह राखेर आक्रमण भएको हुनुपर्ने मंगलवार जनाएको छ ।

सोमवार अल्टरनेटिभ फर जर्मनी ( एएफडि ) का नेतालाई उत्तरी शहर ब्रेमेनको मध्यभागमा तीनजना अज्ञात व्यक्तिले अचानक आक्रमण गरेको स्थानिय संचार माध्यमले जनाएको छ । एफडिका अधिकारीहरुले ति मकुन्डोधारीहरुले काठको मुढाले हिर्काएर बेहोश बनाएको तथा उनको टाउकोमा लात्तीले हिर्काएको बताएका छन् ।

तिनीहरुले एउटा निर्माण कामदारले बीचैमा आएर उनको ज्यान जोगाइ दिएकोमा प्रशंसा गरेका छन् । नयाँ वर्षको उपलक्षमा ब्रेमेनको कुन्सथेल्ले कला संग्रहालयमा आयोजित एउटा कार्यक्रममा भाग लिएर जाने क्रममा उनी माथि आक्रमण गरिएको थियो ।

९४ वटा सिट सहित पहिलो पटक एफडि गतवर्ष राष्ट्रय संसद ( बन्डेस्टाग ) मा प्रवेश गरेको थियो । अहिले यस पार्टीको प्रत्येक जर्मन राज्यको संसदमा प्रतिनिधि रहेको छ । पार्टीका प्रवक्ता जोर्ग मेउथेनले अस्पतालको शैइयामा बेहोश भएर पल्टेका उनको तस्वीरमा राख्दै उनी अधृमृत अवस्थामा रहेको जनाएका छन् । उनको निधार र दायाँआँखा निर गम्भीर चोट लागेको छ । गत साता मात्र जर्मनीको पुर्वी शहर डोवेल्नमा रहेको एफडिको कार्यालयमा विस्फोटन भएको थियो ।