माग पूरा नभए आजैबाट सत्याग्रह थाल्ने

0
Shares

गणेश घिमिरे, इलाम
प्राध्यापक डाक्टर गोविन्द केसीले संघीय संसद्को संसदीय उपसमितिलाई बिगतमा गरेको सम्झौता कार्यन्वयन गर्न दिएको समय आज (बुधबार) सकिदैछ । आज दिउँसो सम्ममा पनि माग पूरा नभए दिउँसो ४ बजेबाट नै १६ औं सत्याग्रह इलामबाट थाल्ने चेतावनी दिएका छन् ।

संसदीय उप समितिले १५ औं सत्याग्रहको उपलब्धी स्वरुप राज्यस“ग भएको सहमति लत्याएकाले इलामबाट १६ औं सत्याग्रह सुरु गर्ने मंगलबार इलाममा सञ्चारकर्मीसंग बताए । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रस“ग मात्र सम्वन्धित नरहेर भ्रष्टचार र कुशासनको बिरुद्धमा हुने बताए ।

यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुष १७ देखि सत्याग्रह बस्न इलाम आएका थिए । तर संसदीय उप समितिले २ दिनको समय माग गरेपछि केसीले उल्टै समितिलाई सात दिनको समय दिएका थिए । आफूले दिएको समय सकनि एकदिन बाँकि हुँदा पनि माग पूरा गर्ने छाटकाँट नदेखेपछि पुनः सत्याग्रहकालागि उनी मंगलबार इलाम आएका हुन् । सत्याग्रहका लागि जुनसुकै स्थल पनि हुनसक्ने बताएका छन् ।

माफियाको पक्षमा नै स्वास्थ्य ऐन बन्ने देखिएकाले आन्दोलनलाई निरन्तरता दिनुको विकल्प नभएको केसीको भनाई छ । समितिले पुर्न विचार गरेर सम्झौता अनुरुप हाउसमा पेश गरे अझै केहि समय पर्खन सकिने केसीले भने । सरकारले जनअपेक्ष अनुरुप काम नगरेको आरोप लगाउ“दै उनले आफ्नो आन्दोलन समग्र निम्न बर्गियको स्वास्थ्य उपचार र स्वास्थ्य क्षेत्रको अध्ययन गर्न चाहने विद्यार्थीका लागि भएको उनको भनाई थियो । १५ औं पटक जुम्लामा २७ दिन आमरण अनशन बसेका केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका छन् । गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो ।

डा.केसीले पहिला भएको सहमति कार्यन्वयन गर्न दिएको अल्टिमेटम पुस १७ लाई थियो । त्यस समयमा पनि सहमति कार्यन्वयन नभएपछि केसी इलामबाट अन्तिम लडाइँ लड्ने भन्दै सत्याग्रहका लागि पुष १७ गते केसी इलाम आएका थिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि केसीको माग छ ।

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनका साथै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन समेत माग गर्दै आएका छन् ।