बिष्णु तिमिल्सिना, बर्दिया
बर्दियाको गुलरियामा एक महिलाको बिभत्स हत्या भएको छ । गुलरिया नगरपालिका वडानम्वर —५ कृष्णसार टोल स्थित आफ्नै घरमा घरेलु हतियारको प्रयोग गरि २४ बर्षकी सुष्मा कुँवरको गए राति हत्या भएको हो ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतककै पति ३५ बर्षीय मोहन बोहोरालाई पक्राउ गरेको छ । स्थानीयका अनुसार घरपरिवारले मृतक कुँवरलाई अत्यन्तै यातना दिने गरेको वताएका छन् । हत्याको आरोपमा पक्राउ भएका बोहोरा नेपाली सेनाको जजरगंज गण बुटवलमा सिपाही पदमा कार्यरत भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
हत्याको आरोपमा पतिसहित ३ जना पक्राउ
उनि सोमबार साझँ करिब साढे ९ बजे तिर मात्र घर पुगेका थिए । राती ११ बजे तिर घरमा झगडा भएको आवाज चिच्याएको आवाज आएपछि छिमेकी आफु जान डराएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीको गाडी देखेपछि अभियुक्त प्रहरीलाई छलेर भागेको र प्रहरी तथा स्थानीय वरपर खोज्दा फेला नपरेको तर करिब ४ घन्टामै गुलरिया नगरपालिकाको खैरापुर एरियामा भागि रहेको अबस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
घटनामा परिवारका अन्य सदस्यको समेत संलग्नता भएको हुन सक्ने भएको भन्दै स्थानीयले बिरोध गरेपछि प्रहरीले मृतकका सासुरा टिकाराम बोहोरा र सासु दिज्जु बोहोरालाई समेत पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीकार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी गराउनु भएको छ । पतिले नै हत्या गरेको स्विकार गरिसकेको प्रहरीको भनाई छ । मृतकको लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको छ । अभियुक्त तथा मृतकका दुई छोरा छन् ।











प्रतिक्रिया