ललितपुर, (नेस) नेपाल रेयूकाई ,विपी नेत्र प्रतिष्ठान, रोटरी क्लब अप पाटन दरबार स्क्वायर र बासुकी महिला सहकारी संस्था लिमिटेडको संयूक्त आयोजनामा सिस्नेरी उच्च मावि लामाटारमा एक दिने निःशुल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण शिबिर सम्पन्न भयो ।
महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न शिबिरमा २ सय ४९ जना स्थानीय व्यक्तिहरुको निःशुल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण गरिएको थियो ।
स्वास्थ्य परिक्षण गराएका हरुमध्ये १०जनाको मोती विन्दुको शल्यक्रिया, २५ जनाको कानको विस्तृत परीक्षण गर्नु पर्ने र ५ जनाको कानको शल्यक्रिया गर्नु पर्ने भएको छ ।
बिरामीको शल्यक्रियाको बिपी नेत्र प्रतिष्ठान लोकन्थलीमा पठाई निशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाईएको थियो । विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले शिबिरबाट स्वास्थ सेवाको पहँुचबाट टाढा रहेका स्थानीयलाई धेरै सहयोग पुगेको र यस प्रकारको कार्यक्रमको लागि नगरपालिका सदैव हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
नेपाल रेयूकाईका अध्यक्ष कैलाश बिक्रम शाहीले शिबिरको विभिन्न संस्थाहरु मिलेर स्वास्थ सेवा पु¥याउन पाएकोमा खुशी लागेको बताउनु भयो ।
महालक्ष्मी नगरपालिका ९ वडा का अध्यक्ष बासुदेव शर्मा गौतम, रोटरी क्लब अफ पाटन दरबार स्क्वायरका अध्यक्ष सुरेन्द्रप्रसाद जोशी, बासुकी महिला सहकारी संस्था की अध्यक्ष सानुचन्द ठकुरी र बिपी नेत्र प्रतिष्ठानका चिकित्सक संगिता श्रेष्ठले शिबिरको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।











प्रतिक्रिया