काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ पहिलो साता स्वीजरल्यान्ड भ्रमणमा जाने तयारीमा जुट्नु भएको छ । विश्व आर्थिक मञ्चको बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ सो मुलुकको भ्रमणमा जाने हुनुभएको हो ।
सो मञ्चको वार्षिक सम्मेलनका वक्ताका रुपमा ओली सहभागी हुने भएसँगै परराष्ट्र मन्त्रालय उहाँको भ्रमण तयारीमा जुटेको छ । मन्त्रालय स्रोतका अनुसार ओली माघ ५गते स्वीजरल्यान्ड प्रस्थान गर्दै हुनुहुन्छ । ‘मन्त्री परिषद्ले अझै भ्रमण अनुमोदन गरेको छैन तर भ्रमणको तयारी भने भइरहेको छ, विस्तृत कार्यतालिका तय हुन बाँकी छ’–मन्त्रालयका एक अधिकारीले भने ।
मञ्चको बार्षिक सम्मेलन माघ ८देखि ११ गतेका लागि तय भएको छ ।
सम्मेलनमा विभिन्न मुलुकका राष्ट्र र सरकार प्रमुख पनि वक्ताका रुपमा सहभागी हुँदैछन् । विभिन्न मुलुकका २ सय ५० सम्मेलनमा सहभागी हुने मञ्चले जनाएको छ । यही जमघटलाई सदुपयोग गर्दै विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग ओलीको द्विपक्षीय भेटवार्ताको गृहकार्य भइरहेको परराष्ट्रले जनाएको छ ।











प्रतिक्रिया