भारु प्रतिबन्धले वीरगन्ज क्षेत्रमा झन्झट

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
भारतीय ठँला नोटको चलन चल्तीमा रोक लगाइएपछि भारतबाट किनमेलका लागि वीरगन्ज बजारमा आउने ग्राहकसमेत घटेका छन् । प्रहरीले प्रतिबन्धित नोट भेटिएमा दुःख दिने डरले भारतीयहरू आउन छोडेको स्थानीय व्यवसायीको गुनासो छ । नोट प्रतिबन्धपछि स्थानीय आदर्शनगर बजारमा भारतीय ग्राहकको आवागमन स्वात्तै घटेको छ । भारूमा लगाइएको यस्तो प्रतिबन्धले वैदेशिक व्यापार परिमाणका आधारमा सबैभन्दा ठँलो नाका वीरगन्जबाट ढुवानी झन्झटपँर्ण बनेको गुनासो व्यवसायीले गरेका छन् ।

भारतका विभिन्न स्थानबाट मालसामान लिएर आएका गाडी चालकलाई भाडा तिर्न समस्या भएको व्यवसायी जयप्रकाश खेतानले बताउनुभयो ।
प्रतिबन्धित दरका नोट फेला परेमा पक्राउ परिने डरले भारतीय गाडीका चालकले त्यस्ता नोट लिन मान्दैनन् । नाकामा खटिएका प्रहरीले भारतीय चालकमाथि प्रतिबन्धित नोट बोकेको आशंकामा बढी निगरानी राखेर सोधपुछ गर्न थालेका छन् । वीरगन्ज नाकाबाट सामान्य अवस्थामा दैनिक पाँच सय भारतीय ट्रक मालसामान बोकेर भित्रिन्छन् । एउटा ट्रकलाई ५० देखि ६० हजार भारू भाडा तिर्नुपर्छ । भन्सारमा पेश हुने कागजातमा अधिकांशले भाडाको कागजात पेश गर्दैनन् । यस्तोमा आयातकर्ताले भाडा नगदै बुझाउनुपर्छ ।

वीरगन्ज भन्सारका सँचना अधिकारी मनिषकुमार महतोले भारतबाट हुने अधिकांश ढुवानीको भाडा बैंकमार्फत नहुने बताउनुभयो । धेरैजसो आयातकर्ताले ढुवानीकर्तालाई नगदै दिने गरेको महतोको भनाइ छ । बैंकमार्फत भुक्तानीका लागि आयातकर्ताले भन्सारमा भाडाको कागजात पेश गर्नुपर्छ । बैंकबाट हुने भुक्तानीमा बढी समय लाग्ने भएकाले अधिकांश ढुवानीकर्ताले नगदै माग्ने गरेको आयातकर्ता बताउँछन् । सीमा क्षेत्रमा व्यापार, ढुवानी र कतिपय पारिश्रमिकसमेत भारूमा भुक्तानी गरिन्छ ।

यसैबीच वीरगन्ज औद्योगिक कोरिडोरका उद्योगलाई कामदारको तलब दिन समस्या परेको उद्योगीले बताउनुभयो । ती उद्योगीका अनुसार भारतीय कामदारलाई भुक्तानी दिन कठिनाइ परेको हो । यस्ता कामदारको पारिश्रमिक भारूमा दिनुपर्छ ।