महिला उद्यमी अवार्ड हुने

0
Shares

काठमाडौं, (नेस)
सार्क चेम्बर महिला उद्यमी परिषद् नेपालले (एससीडब्लँसी) पुस २७ गते राजधानीमा उत्कृष्ट नेपाली उद्यमी अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । परिषद्की उपाअध्यक्ष रीता भण्डारीका अनुसार अन्तिम चरणमा पुगेका १० प्रतिस्पर्धी महिला उद्यमीहरुमध्ये एक जनालाई सर्वोकृष्ट नेपाली उद्यमीको उपाधि दिइनेछ ।

यस पुरस्कार प्राप्त गर्ने विजेताले फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा आयोजना हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार २०१८ कार्यक्रममा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।
सार्क उत्कृष्ट महिला उद्यमी पुरस्कार २०१८ आयोजनाको मुख्य उद्देश्य सार्क क्षेत्रका यस्ता महिलालाई सम्मान गर्नु हो । जसले सिर्जनशील भई आफ्नो राष्ट्रको सामाजिक, आर्थिक विकासमा महत्वपँर्ण योगदान गरेका छन् ।