सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको गुनासो

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको विराटनगरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । सोमबार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले पँर्वका निर्यातकर्ताहरूका लागि अयोजना गरेको चार दिने निर्यात प्रवद्र्धन र बजार विश्लेषणसम्बन्धीे तालिममा सहभागीले यस्तो गुनासो गरेका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले निर्यात प्रवद्र्धन केन्द्रले कहाँ, कसरी निर्यातको प्रवद्र्धन गरिरहेको छ भन्ने जानकारीसमेत आफँहरूले नपाएको बताउनुभयो । उहाँले सरकारले निर्यात प्रवद्र्धन गर्ने भने पनि व्यवहारमा त्यस्तो नपाइएको स्पष्ट पार्नुभयो । ‘सरकारको बोली र व्यवहारमा फरक देखिएको छ,’ उहाँले भन्नुभयो–‘सरकारले गर्छु भनेका काम भएका छैनन्,’ हरेक सरकारले निर्यात प्रवद्र्धन गर्ने भने पनि व्यवहारमा नदेखिएको उहाँको भनाइ थियो ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले नेपालको व्यापारघाटाको अवस्था कहाली लाग्दो भएको बताउनुभयो । नेपालको व्यापारघाटा हरेक वर्ष चुलिँंदै गएको र हाल व्यापारघाटा १ दशमलव १६ को रेसियोमा पुगेको मुण्दडाले जानकारी दिनुभयो । उहाँले नेपालबाट वस्तु तथा सेवाको निर्यात गर्ने प्रशस्त सम्भावना भए पनि न्यँनमात्रै उपयोग भइरहेको जानकारी दिनुभयो ।

नेपालको दक्षिणी क्षेत्रमा ठँला उद्योग सञ्चालन गरेर वस्तु निर्यात गर्न सकिने संभावना भएको उनले बताए । पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा पनि विदेशीलाई आकर्षण गरेर नेपालले राम्रो लाभ लिनसक्ने मुण्दडाको भनाइ थियो ।

यस्तै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले ४ दिने तालिम आयोजना गरेको जानकरी दिनुभयो । तालिममा सहभागीलाई उत्पादित वस्तुको भ्यालु कसरी बढाउने र कुन देशमा निर्यात गर्ने भन्ने विषयमा जानकारी दिइनेछ ।