एसियन लाइफ इन्स्योरेन्को दम्पत्ति सुरक्षा प्लस योजना

0
Shares

काठमाडौं, (नेस)
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘दम्पत्ति सुरक्षा प्लस (संयुक्त सावधिक)’ जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमालेखबाट श्रीमान÷श्रीमती दुवैजनाको जोखिम बहन हुन्छ ।

यस बीमा योजनामा एउटै बीमालेखबाट श्रीमान÷श्रीमती दुवैको, बीमाङकको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने, ५० हजारदेखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने, ठँलो बीमाङकको बीमा शुल्क रकममा छुट सुविधा, दुर्घटना मृत्यु लाभ,स्थायी अपांग÷अशक्त सुविधा एवम् बीमा शुल्क छुट तथा मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमा शुल्क भुक्तानीको सुविधा कम्पनीले जनाएको छ ।

त्यस्तै यस बीमा योजनाअन्तर्गत बीमा अवधि समाप्त हुने मितिसम्म दुवै बीमित जीवित रहेमा पँरै बीमांक रकम र आर्जित बोनस, बीमा अवधिभित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको सयदेखि २५० प्रतिशत रकम र बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको सयदेखि २५० प्रतिशत रकम, बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पँरै बीमाङ्क रकम दिइने कम्पनीले जनाएको छ ।

कम्पनीको हाल अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रुपियाँ रहेको छ । असोज मसान्तसम्म १३ अर्ब ८८ करोड ८५ लाख रुपियाँ बराबरको जीवन बीमा कोष रहेको छ ।