सन्राइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सन्राइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ ।

सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

ग्राहकले सन्राइज बैंकका सबै शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।