डिस होमको ‘डिसहोम उज्जवल भविष्य’ योजना

94
Shares

काठमाडौं, (नेस)
डिस मिडिया नेटवर्कले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले ‘डिसहोम उज्जवल भविष्य’ कार्यक्रम ल्याएको छ ।
विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिसहोमले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत सो कार्यक्रम ल्याएको हो ।

यस योजनाअन्तर्गत पर्सा जिल्लाको पोखरियास्थित जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहितका झोला तथा न्यानो टोपी वितरण गरेको हो ।

डिसहोमका ब्रान्ड म्यानेजर मनोज न्यौपानेले डिसहोम उज्जवल भविष्य कार्यक्रम अन्तरगत शैक्षिक सामग्री वितरण गर्नुभयो । डिस होमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ ।

नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कुलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्र्री साथै प्र्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ । मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहालेपनि बिचैमा छाड्नेहरूको तथ्यांक निकै ठुलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । कम्पनीले तराईका अन्य क्षेत्रमा र पहाडका ग्रामिण इलाकामा पनि निरन्तर शैक्षिक सामाग्री वितरण गर्दै जाने योजना बनाइरहेको छ ।