राजधानीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौँ भिमसेन गोलाका ४७ बर्षीय नविन विक्रम शाही र ३८ वर्षीय विजय विक्रम शाही रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलिले कागेश्वरी मनहरा– ६ मुलपानी एरियामा १२ बोल्डको २ नाले भरूवा बन्दुकबाट शिकार खेल्ने क्रममा १० वटा मृतक परेवा सहित पक्राउ गरेको प्रहरीले महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।