३ वडा अध्यक्षले लिएनन् मोटरसाईकल

0
Shares

हेटौंडा ।
हेटौंडा उपमहानगरपालिकाले दिएको सुविधाको मोटरसाइकल ३ जना वडा अध्यक्षले नलिने भएका छन् ।

वडा कार्यालयले प्रयोग गर्ने भनी ल्याइएको मोटरसाइकल हेटौंडा–१८ का अध्यक्ष अनिलकुमार बानियाँ, १४ का अध्यक्ष दीपक खड्का र ५ का अध्यक्ष राजेश बानियाँले नलिने भएका हुन् । आफूसँग निजी सवारी भएकाले नगरपालिकाले दिएको मोटरसाइकल सुबिधा आवश्यक नपरेको भन्दै उनीहरुले नलिने जनाएका हुन् ।

‘आफ्नै गाडी छ, आवश्यक नै परेन, त्यसैले नलिएको हँु,’ १८ नम्बर वडा अध्यक्ष बानियाँले जनप्रतिनिधिले अनावश्यक खर्चभार बढाउन नहुने र मितव्ययी बन्नुपर्ने बताउनुभयो । १८ नम्बर वडा अध्यक्ष बानियासँग महिन्द्रा स्कोरपियो, १४ नम्बर वडा अध्यक्ष खड्कासँग हुन्डाई क्रेटा र ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँसंग निजी प्राडो छ ।

तीन अध्यक्षले मोटरसाइकल लिन नचाहेपछि ल्याइएका तीन मोटरसाइकल नगरपालिकापरिसरमै राखिएका छन् । उपमहानगरका अन्य १६ वडा अध्यक्षले भने मोटरसाइकल लगिसकेका छन् । निजी साधन भएका अन्य वडा अध्यक्षले मोटरसाइकल लगेपछि उनीहरुको आलोचना भइरहेको छ ।