नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ

0
Shares

उदयपुर ।

नियन्त्रित लागूऔषधसहित ३ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले त्रियुगा नगरपालिका ६ स्थित लालपत्ताबाट डाइजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, फेनारागन ८ एम्पुलसहित मंगलबार बिहान पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका १२ बस्ने १९ वर्षीय जेनिश राई र सोही नगरपालिका(११ बस्ने १६ वर्षीय निशान रिजाल र सिरहा सरदुवानकट्टी(६ बस्ने २९ वर्षीय देबकृष्ण खड्का रहेका छन् ।

प्रहरीले सिरहाबाट गाईघाटतर्फ आँउदै गरेको स १ च १६९७ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार राई र रिजालले झोलाभित्र लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी चालक खड्का समेत उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।