नेपाल समाचारपत्र, काठमाडौं ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका ८ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष २४ गते दज्र्यानी चिन्ह प्रदान गर्नभएको छ ।
नेपाल सरकार मन्त्रिस्तरको यही पौष २० गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएको हो ।
महानिरीक्षक खनालले त्यसअवसरमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुहुँदै दर्जा सँगै बढेको जिम्मेवारी पुरागर्न कार्यक्षेत्रमा सधैं जिम्मेवारी बोधकासाथ कृयाशिल रहनुपर्ने बताउनुभयो ।

उहाँले पदोन्नतीसँगै श्रेणी र जिम्मेवारी समेत बृद्धिभई आगामी दिनमा नीति निर्माण तहमा उहाँहरुले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने चर्चा गर्नुहुँदै संगठनले लिएको लक्ष्य प्राप्तीका लागि हरेक कमाण्डर तहका अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सिकाउँदै कुशल नेतृत्व प्रदान गरि राष्ट्र र नागरिकको सेवा र सुरक्षामा कटिबद्व भई कार्यक्षेत्रमा निरन्तर लागिरहनुपर्ने बताउनुभयो ।

महानिरीक्षक खनालले आफूहरु अहिले मेरो भन्दा पनि हाम्रो भन्ने सोचकासाथ सामुहिक रुपमा संगठनको विकास, विस्तार र सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासमा ध्यान पु¥याउँदै दिर्घकालिन योजनाकासाथ अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुहिक भावनाकासाथ उत्कृष्ट कार्यसम्पादनतर्फ कृयाशिल रहनुपर्ने बताउनुभयो ।
उहाँले मानव अधिकारको संरक्षण गर्दै फौजी संस्कारमा रहि अनुशासित र इमान्दारितापूर्वक जिम्मेवारी पुरा गर्नेतर्फ कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहन निर्देशन दिनुहुँदै संगठनले मानव अधिकारको उलंघन, भ्रष्टाचार र लैङ्गिक हिंसामा शून्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया