निःशुल्क नाक, कान, घाँटी तथा आँखा परिक्षण शिविर

94
Shares

ललितपुर ।
नेपाल रेयूकाई ,विपी नेत्र प्रतिष्ठान, रोटरी क्लब अफ पाटन दरबार स्क्वायर र बासुकी महिला सहकारी संस्था लि.को संयूक्त आयोजनामा उच्च मावि लामाटारमा एक दिने निःशुल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण शिबिर सम्पन्न भयो ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न शिबिरमा २ सय ४९जना स्थानिय व्यक्तिहरुको निःशुल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गराएका हरुमध्ये १०जनाको मोती विन्दुको शल्यक्रिया, २५ जनाको कानको विस्तृत परिक्षणगर्नु पर्ने र ५ जनाको कानको शल्यक्रियागर्नु पर्ने भएको छ । बिरामीको सो शल्यक्रियाको बि.पी. नेत्र प्रतिष्ठान लोकन्थलीमा पठाई निशुल्क शल्य क्रियागर्ने व्यवस्था मिलाईएको थियो । विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । यस शिबिरबाट स्वस्थ सेवा लिन पाएकोमा स्थानिय खुशी भएका थिए ।

शिबिरको उदघाटन समारोहमा प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले यस प्रकारको शिबिरबाट स्वास्थ सेवाको पहँुचबाट टाढा रहेका स्थानियलाई धेरै सहयोग पुगेको र यस प्रकारको कार्यक्रमको लागि नगरपालिका सदैव हातेमालो गर्न तयार रहेको बताउनुभयो । नेपाल रेयूकाईका अध्यक्ष कैलाश बिक्रम शाहीले शिबिरको विभिन्न संस्थाहरु मिलेर स्वास्थ सेवा पु¥याउनपाई सेवागर्न पाएकोमा खुशी लागेको बताउनु भयो ।

सो अवसरमा महालक्ष्मी नपा वडा नं. ९ का अध्यक्ष बासुदेव शर्मा गौतम, रोटरी क्लब अफपाटन दरबार स्क्वायरका अध्यक्ष सुरेन्द्र प्रसाद जोशी, बासुकी महिला सहकारी संस्था लि.की अध्यक्ष सानु चन्द ठकुरी र बि.पी. नेत्र प्रतिष्ठानका चिकित्सक डा.संगिता श्रेष्ठले शिबिरको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नेपाल रेयूकाईका सल्लाहकार ज्योती प्रभा शाही, कार्यक्रमका संयोजक नेपाल रेयूकाई सामाजिक कृयाकलाप समितिका संयोजक पदमप्रसाद अधिकारी , महासचिव सुमन श्रेष्ठले शिविरको महत्वबारमा चर्चा गर्नुभ्एको थियो ।