भक्तपुर ।
सूर्यविनायक नगरपालिका(५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने तिमाल गाउँपालिका २ शर्सियुखर्क घर भएका ३९ वर्षीय रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका(६ बस्ने २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् ।
उनीहरुलाई पुस १८ गते एटिएम मेशिन फुटाई चोरी गर्न लागेको भन्ने बैंकको निवेदन अनुसार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया