ललित सिंह, बझाङ्ग ।
ग्रामीण भेगमा रहेका बिकट मानीने सामुदायिक बिद्यालयमा अहिले सरसफाईमा जोड दिई रहेका छन् । सरसफाईको महत्व थाहा नपाउर्ने बिकट बस्तीका बालकालिका र अभिभावक अहिले सरसफाईमा परिवर्तन हुदै गैरहेका छन् ।
शिक्षाका लागी खाद्य कार्यक्रम लागु भएका बझाङ जिल्लाका सवै आधारभुत विद्यालयहरुमा अहिले विद्यालय र त्यहाँ पढ्ने बालबालीकाहरुको सरसफाईमा सुधार देखीएको छ । विद्यालमा खानेपानीको व्यवस्था, चर्पीहरु र्निमाण साथै फोहर फाल्ने खाल्डा र्निमाण र विद्यार्थी शिक्षकहरुको व्यक्तिगत सरसफाई हुदाँ अन्य विद्यालय भन्दा बिकटका विद्यालयहरु नमुना जस्तै देखीन्छ ।
विश्व खाद्य कार्यक्रम अन्तरगत जिल्लाका २ सय ९५ वटा विद्यालयहरुमा दिवा खाजा कार्यक्रम लागु भएको छ । यि विद्यालयहरुमा विश्व खाद्यकै सहयोगमा आईडिएस नेपाल नामक संस्थाले विद्यालय सरसफाई कार्यक्रम लागु गरेपछि विद्यार्थी र विद्यालयको सरसफाईमा सुधार भएको हो । दिवाखाजा लागु भएका विद्यालयमा वालवालीकाले दिउसो खाजाका रुपमा जाउलो भात खान पाएका छन् उनिहरु लाई सरसफाई को ज्ञान दिएको छ आईडिएस नेपालका जिल्ला कार्यक्रम संजोजक रमानन्द जोशीले भने यि विद्यालयहरुमा ई पार्टी वाट पढाई हुनका साथै पढाई सुधारका लागी शिक्षकहरु लाई तालीम दिएर ईजिआर कार्यक्रम पनि लागु भएको छ ।
सन २०१६ वाट लागु भएको आईडियस संस्थाले सरसफाईको महत्व बुझाउने हात धुने तरिका वताउने , व्यक्तिगत घरसिय र वातावरणीय सरसफाईका बारेमा जानकारी दिने साथै बाल ब्लव गठन गरि विद्यालयका खानेपानी सरसफाई समितिहरु लाई समेत तालीम दिने गरेको पनि संजोजक रमानन्दले वताए ।
आईडिएसले १ सय १८ वटा विद्यालयमा बाल क्लव लाई विउपुजी दिएको छ भने १ सय २० विद्यालयमा टि पी ट्याप धाराहरु र्निमाण गरि दिएको छ । विश्व खाद्य कार्यक्रमले विद्यालयलको सफाई , खुवाई , पढाई र सिकाई सुधारमा विषेश जोड दिएको देखीन्छ । बझाङ जिल्लाका सामुदायिक विद्यालयमा पढाईको अवस्था खस्कदो साथै छोरीहरु विद्यालयमा नआउने र विचैमा स्कुल छोड्ने प्रचलन भएकाले यस्तो अवस्थामा सुधार गरि विद्यार्थीहरुको पढाई सुधार गर्न विश्व खाद्य कार्यक्रमले सहयोग गदै आएको कार्यक्रम संयोजक पंकज सुवेदीले वताए । उनले भने देशका ११ जिल्लामा यो कार्यक्रम वाट पहिले लिटो दिने गरेको थियो भने हाल जाउलो खुवाउने गरेको छ ।
आईडीएस संस्थाका कर्मचारीहरु नियमित विद्यालयमा आएर शिक्षक विद्यार्थीहरु लाई सरसफाईको तालीम साथै सामाग्री वितरण गरि टिपी ट्याप धारा पनि र्निमाण गरि दिएको हुदाँ अहिले विद्यार्थीहरु सफा सुग्घर हुने गरेको केदारस्युँ गाउपालिका ५ मा रहेको जनचेतना प्राथामिक बिद्यालका प्र अ बिर बहादुर गुधार्मीले वताए ।
उनले भने संस्थाले सरसफाईमा विद्यार्थीहरुको ज्ञान धारणा र अध्ययासमा परिर्वतन गराएको , सरसफाईको महत्व र आवस्यकताको ज्ञान गराएको साथै पोषणयुक्त खाना र यसको महत्व सहित साबुन पानीले हातधुने वानीको विकास गराएको जानकारी दिए । व्यक्तिगत र घरासिय वातावरणको विकास गराएको र फोहरको उचित व्यवस्थापन गर्न पनि संस्थाका कर्मचारीले सिकाएको हुदाँ हाल यो कार्यक्रम लागु भएका सवै विद्यालयमा सरसफाईमा सुधार आएको र आफ्रनो बिद्यालयलाई सरसफाईमा जिल्लाकै नमुना बिद्यालय बनाउनमा लागी परेको प्रअको भनाई छ ।
आईडिएस नेपाल संस्थावाट संचालन भएका कार्यक्रमहरुको साँझेदार निकाय र स्थानियतहमा रहेका अन्य बिद्यालयमा पनि सरसफाईमा सुधार हुदै आएको छ । मस्टा गाउँपालिका २ मा रहेको मस्टा निमाबि तुतीमा पनि पहिले सरसफाईको महत्व के हो भनेर थाहा नपाउने यहाँका बिद्यार्थी र शिक्षक, अहिले बिद्यालय स्तरीय सरसफाई कार्यक्रम संञ्चालन हुदाँ पहिलेको अवश्था र अहिलेको अवस्था हेर्दा समुदाय र बिद्यालयमा आकाश पतालको फरक आएको आईडिएस नेपालकी सामाजिक परिचालक रोशनी कुमारी सिंहले बताईन् ।
उनले भनिन् , हाम्रो संस्थाको कार्यक्रम लागु हुनु भन्दा पहिले घर आगँन र हिड्नेबाटो मा फोहोरै फोहर र बिद्यालयमा आउने बिद्यार्थी पनि फोहर देखिन्थे तर अहिलेधेरै लामो सरसफाईमा जनचेतना जगाएर अहिले त निकै परिवर्तन भएको देखिन्छ ,सामाजीक परिचालक रोशनी कुमारी सिहंले बताईन् ।
युक्त टोलीले अनुगमन गर्दा पनि दिवा खाजा कार्यक्रम लागु भएका विद्यालयमा सरसफाईको अवस्थामा सुधार देखीएको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख सुरेन्द्र कठायतले वताए । उनले भने दिवाखाजा लागु भएका विद्यालयमा सरसफाई तथा पढाईको अवस्था राम्रो देखीन्छ । जिल्लामा ४ सय भन्दा बढी विद्यालयहरु रहेका छन् ।











प्रतिक्रिया