गाउँमा सडक पुर्याउन भीनपाका मेयरलाई ज्ञापन पत्र

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
डडेल्धुराको परशुराम नगरपालिका–७ मलासका वासिन्दाले गाउँ सडक पुगाउन सहयोगका लागि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई ज्ञापन बुझाएका छन् ।

मलासका युवा पदम बोहराको नेतृत्वमा स्थानीयले मटेनादेखि ताराकोटसम्म निर्माण भइ रहेको सडकलाई गैरीखान झिलमिला सडकसित जोड्न सहयोग मागेका छन् ।

नेपाल पत्रकार महासंघ डडेल्द्युराका सचिव बोहराले सडक निर्माणले आवतजावत, कृषि प्रवद्र्धन हुने भएकाले सडक निर्माणका लागि सहयोग गर्न माग गरिएको बताए ।

‘यो सडक निर्माणले धेरै फाइदा हुन्छ, त्यस कारण निर्माण क्रममा आउने वाधा अवरोध पन्छाउन नगर प्रमुखसित सहययोगको माग गरिएको छ’ उनले भने ।

धार्मिक, पर्यटकिय गन्तव्य चुनेपानीदेखि गैरीखान, मलास हँुदै झिलमिला ताराकोट खान जोडेर चक्रपथ बनाउने योजनाका साथ कार्य अघि सारिएको छ ।

नगर प्रमुख विष्टले दुबै स्थानीय तहलाई जोड्न सडक आवश्यक भएकाले आफूले सक्दो सहयोग गर्ने बताए । भीमदत्त र परशुराम नगरपालिकाबीच आपशी सहकार्यका लागि समभदारी यस अघि नै भई सकेको छ ।