धनवीर दाहाल, रुकुम ।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि बृद्धबृद्धाका लागी स्थानीय सरकारले न्यानो कपडा बितरण गरेको छ । चिसोबाट सबै भन्दा बढी बृद्धबृद्धा प्रभाबित भएकोले उनीहरुको न्यानोको लागी रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नं २ को वडा सरकारले वलाङकेट वितरण गरेको हो । वडा अध्यक्ष जिवन के.सीले घरघरमै पुगेर जेष्ठ नागरिकलाई वलाङकेट वितरण गर्नुभएको छ ।
अध्यक्ष के.सीले हिमपातले अत्याधिक चिसो बढे सगैं जेष्ठ नागरिकको न्यानोको लागी वडाले वलाङकेट वितरण बितरण गरेको बताउनुभयो । उहाँले वडाका सबै टोलमा बितरण गर्ने जानकारी दिनुभयो ।
सिस्ने गाउँपालिका वडा नं २प्वाङका ६० बर्ष भन्दा बढि उमेर पुगेका दलित जेष्ठ नागरिक २१जना र ७० भन्दा बढि उमेर पुगेका अन्य जेष्ठ नागरिक ६४ जना गरि जम्मा ८५ जना जेष्ठ नागरिकले न्यानो कपडा वलाङकेट प्राप्त गरेका छन् । सँधै जनताको साथमा स्थानीय सरकार रहने अध्यक्ष के.सीले बताउनुभयो । न्यानो कपडा पाएपछि जेष्ठ नागरिक खुसी भएका छन् ।











प्रतिक्रिया