उत्तर कोरियाली किम जोंग रेलमा चढेर चीनको यात्रामा


एजेन्सी । उत्तर कोरियाली नेता किम जोंग उन चीनियाँ राष्ट्रपति सी जिनपिंगको निमन्त्रणा स्विकार गर्दै पत्नी रि सोल जुसँगै चीन भ्रमणमा निस्किएका छन् । यसबारे उत्तर कोरियाको राज्य नियन्त्रित मिडियाले पुष्टि गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी भेटघाटका लागि चीनको अनुमति र एजेन्डाबारे छलफल गर्न किम चीन पुगेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रेलमार्ग हुँदै चीन पुगेका किमले चिनियाँ राष्ट्रपति सि जिन पिङसंग छलफल गर्नेछन् । सीको निमन्त्रणामा चीन पुगेका किम यसअघि ट्रम्पसंग पहिलो पटक सिंगापुरमा छलफल हुनुअघि पनि सीसंग परामर्श गरेका थिए । सोमबार सार्वजनिक भएका रिपोर्ट अनुसार किमले चीनको यात्रा रेलमार्फत गर्नेछन् ।

गत जुन महिनामा उनीहरुबीच भेट भएको थियो । बीबीसीका अनुसार किम १० तारिखसम्म चीनमै रहने छन् ।अमेरिकाले समेत सम्मेलनअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जेय इनसँग भेटेर रणनिति तय गर्ने बताएको बुझिएको छ । यसबारे ट्रम्पले सम्वोधन गर्नेसमेत बुझिएको छ ।
अमेरिका र उत्तर कोरियाली नेताबीचको वार्ता छिट्टै हुने भनिए पनि समय र स्थान तय भइसकेको छैन ।

ट्रम्पले सोमबार किमले पत्र लेखेको भन्दै वार्ताका लागि स्थान छिट्टै तोकिने बताएका थिए । किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताको मार्ग प्रशस्तका लागि उक्त भेट गरिन लागेको अनुमान छ ।